बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

कोलोराडोका पुष्पराज पौडेलको “रेडक्रसका चम्किला तारा” पुस्तकको लोकार्पण

कोलोराडोका पुष्पराज पौडेलको “रेडक्रसका चम्किला तारा” पुस्तकको लोकार्पण

356
Shares
356
Shares

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरका महासचिव तथा रेडक्रसकर्मी तथा पुष्पराज पौडेलद्वारा लिखित “रेडक्रसका चम्किला तारा” नामक पुस्तकको लोकार्पण गत सोमबार काठमाडौँमा सम्पन्न भएको छ । २८८ पृष्ठको यस पुस्तकमा नेपाल रेडक्रस समाजमा उल्लेखनीय योगदान पुर्‍याएका ५३ जना (नेपाली र विदेशी) व्यक्तित्वहरूको जीवनी समावेश गरिएको छ ।

यस कार्यक्रमको आयोजना तदर्थ समिति अध्यक्ष विनोद शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा डा. गौरीशंकरलाल दास, विश्वकेशर मास्के, देवरत्न धाख्वा, मुकुन्द पौडेल लगायत गन्यमान्य व्यक्तिहरू उपस्थित थिए । कार्यक्रमका क्रममा श्यामल अधिकारी र दिव्यराज पौडेलले पुस्तकको समीक्षा प्रस्तुत गरेका थिए ।

गौरिशंकरलाल दासलगायतका वक्ताहरूले यस प्रकारको कृति आउनु र अग्रज रेडक्रसकर्मीहरूलाई भेला गरी विमोचन गरिनु प्रशंसनीय कार्य भन्दै धारणा राखेका थिए ।

नेपाल रेडक्रस लामो समयदेखि अन्यौल र अस्थिरतामा छ । यसलाई फेरि सक्रिय बनाउन र यसको अस्थिरता हटाउन रेडक्रस सोसाइटी जेनेभाले पनि प्रयास गरिरहेको छ । यसै सन्दर्भमा सरकारले विनोद शर्माको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति बनाएको छ। यस समितिले ३ महिनाभित्र रेडक्रसको कानुन संशोधन गर्ने र नयाँ कार्यसमिति चुन्ने जिम्मेवारी पाएको छ।

तदर्थ समितिका अध्यक्ष शर्माले सरकारले दिएको जिम्मेवारी पुरा गर्ने बताएका छन् । उनले सबैको सहयोगको आशा पनि गरेका छन्। तीर्थराज वन्त जस्ता सदस्यहरुले रेडक्रसको इतिहास र प्रतिष्ठा बचाउन सधैं सहयोग गर्ने बताएका छन् ।

पुस्तकको मूल्य रु. ५०० राखिएको छ । लेखक पौडेलले रेडक्रसमा दिइएको सेवा र यस कार्यलाई प्रशंसनीय बताए । पौडेलको यो दोस्रो किताब हो उनले एक महिना अगाडि “देशाटन” नामको किताब विमोचन गरेका थिए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend