बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

रनवेमा पैदल यात्रीलाई ठक्कर दिएपछि DIA बाट उड्न लागेको विमानको टेकअफ रद्द

रनवेमा पैदल यात्रीलाई ठक्कर दिएपछि DIA बाट उड्न लागेको विमानको टेकअफ रद्द

123
Shares
123
Shares

डेनभर । डेनभर अन्तर्राष्ट्रिय एयरपोर्ट (DIA) बाट लस एन्जलस जाँदै गरेको फ्रन्टियर एयरलाइन्सको एक विमानले रनवेमा हिँडिरहेका एक व्यक्तिलाई ठक्कर दिएपछि टेकअफ रद्द गरिएको छ।

हिजो शुक्रवार राति करिब ११:१९ बजे भएको घटनामा विमानले रनवे पार गर्दै गरेका एक पैदल यात्रीलाई ठक्कर दिएको विमानस्थल प्रशासनले जनाएको छ। त्यसपछि विमानको इन्जिनमा सामान्य आगलागी भएको थियो, जसलाई दमकल टोलीले तुरुन्त नियन्त्रणमा लिएको थियो।

एयरबस A321 विमानमा २२४ यात्रु र सात जना चालक दलका सदस्य सवार थिए । घटना पछि विमानभित्र धुवाँ देखिएपछि पाइलटहरूले टेकअफ रोक्ने निर्णय गरेका थिए।

सावधानीका रूपमा सबै यात्रुलाई स्लाइडमार्फत सुरक्षित रूपमा बाहिर निकालिएको एयरलाइन्सले जनाएको छ। घटनामा १२ जना सामान्य घाइते भएका छन् भने पाँच जनालाई स्थानीय अस्पताल लगिएको बताइएको छ।

विमानस्थलका अनुसार ठक्करमा परेका व्यक्ति विमानस्थलको सुरक्षा बार नाघेर रनवेमा प्रवेश गरेका थिए। रनवे पार गर्ने क्रममा उनी विमानको ठक्करबाट मृत्यु भएको जनाइएको छ। ती व्यक्ति विमानस्थलका कर्मचारी नभएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनापछि रनवे 17L बन्द गरिएको छ भने National Transportation Safety Board ले घटनाको अनुसन्धान गरिरहेको छ । अमेरिकी यातायात सचिव सिन डफ्फि (Sean Duffy) ले विमानस्थलमा अनधिकृत रूपमा प्रवेश गर्नु गम्भीर सुरक्षा उल्लंघन भएको बताएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend