लास भेगास । लास भेगासको एक आवासीय घरमा शनिवार फेला परेको सम्भावित जैविक प्रयोगशाला क्यालिफोर्नियाको रिड्ली सहरमा पहिला भेटिएको अवैध मेडिकल ल्याबसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ। स्थानीय प्रहरी र एफबीआईले घरमा छापा मार्दा अज्ञात तरल पदार्थ भरिएका सिसीसहित फ्रिजहरू फेला परेका थिए।
अनुसन्धानअनुसार उक्त घरसँग सम्बन्धित एलएलसी क्यालिफोर्नियामा एचआइभी, मलेरिया जस्ता संक्रामक रोगका नमुना राखिएको अवैध जैविक प्रयोगशालासँग जोडिएको कम्पनीसँग मेल खान्छ। क्यालिफोर्नियाको सो घटनामा एक चिनियाँ नागरिकमाथि गलत रूपमा ब्रान्ड गरिएका मेडिकल उपकरण उत्पादन तथा वितरण गरेको आरोपमा संघीय मुद्दा चलिरहेको छ।
प्रहरीका अनुसार लास भेगास घटनासँग सम्बन्धित एक व्यक्ति हिरासतमा रहे पनि हालसम्म औपचारिक अभियोग दर्ता भएको छैन। बरामद नमुनाहरू परीक्षणका लागि एफबीआईलाई पठाइनेछ। अधिकारीहरूले यो घटना अलग्गै भएको र सार्वजनिक सुरक्षामा कुनै खतरा नरहेको बताएका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend