बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

कोलोराडो शेर्पा संघको अध्यक्षमा सोनाम शेर्पा सर्वसम्मत निर्वाचित

कोलोराडो शेर्पा संघको अध्यक्षमा सोनाम शेर्पा सर्वसम्मत निर्वाचित

172
Shares
172
Shares

कोलोराडो । सिन्धुपाल्चोकको तातोपानीबाट अमेरिकाको कोलोराडो राज्यस्थित इस्टेट पार्क (Estes Park) लाई कर्मभुमि बनाई निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आउनु भएका श्री सोनाम शेर्पा कोलोराडो शेर्पा संघको २०२६–२०२८ कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनु भएको छ ।

संघको प्रथम अधिवेशन २०२५ डिसेम्बर ६ मा सम्पन्न भएको थियो। उक्त अधिवेशनबाट अध्यक्ष सोनाम शेर्पासहित ७ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरिएको संघले जानकारी दिएको छ। समुदायभित्र लामो समयदेखि सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहनु भएका शेर्पाको नेतृत्वमा संघ थप सशक्त र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

नवनिर्वाचित अध्यक्ष सोनाम शेर्पा तथा सम्पूर्ण कार्यसमितिलाई संघका सदस्यहरू र समुदायले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, नयाँ कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रम २१ फेब्रुअरी २०२६ मा ग्याल्पो लोसारको पावन अवसरमा सम्पन्न गरिने जानकारी पनि संघले सार्वजनिक गरेको छ।

उहाँको कुशल, समावेशी र दुरदर्शी नेतृत्वमा कोलोराडो शेर्पा संघ अझ एकताबद्ध, सक्रिय र प्रभावकारी रूपमा अघि बढ्दै शेर्पा समुदायको हित तथा पहिचान प्रवर्द्धनमा महत्वपुर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend