बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

बोल्डरमा थ्याङ्क्सगिभिङका दिन ९० mph बढी वेगमा गाडी चलाउने दुई चालक पक्राउ

बोल्डरमा थ्याङ्क्सगिभिङका दिन ९० mph बढी वेगमा गाडी चलाउने दुई चालक पक्राउ

97
Shares
97
Shares

बोल्डर, कोलोराडो । बोल्डर प्रहरीले थ्याङ्क्सगिभिङ छुट्टी सप्ताहमा आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने चालकहरूलाई ‘ओभर स्पिड’ नचलाउन कडाइका साथ सचेत गराइरहेको छ।

बोल्डर प्रहरीले शुक्रवार सोसल मिडियामार्फत जनाएको अनुसार, थ्याङ्क्सगिभिङको दिन मात्रै करिब ३० जना चालकलाई तीव्र गतिमा गाडी चलाएको अभियोगमा कारबाही गरिएको थियो।

त्यसपछि, बिहीबार राति प्रहरीले ठाउँ–ठाउँमा गस्ती गर्दै निर्धारित सीमा भन्दा ३० mph र ४० mph बढी वेगमा गाडी चलाउने दुई चालकलाई समाते। एक जनाले १०३ mph मा गाडी चलाइरहेका थिए भने अर्को चालक ९१ mph मा दौडाइरहेका थिए ।

बोल्डर प्रहरीले जनाएअनुसार, अत्यधिक गतिको कारण शहरमा दुर्घटनाहरू बढ्ने भएकाले नियमित रूपमा स्पिडिङ कारबाही गरिँदै आएको छ। “कृपया सावधान रहनुहोस् बोल्डर,” प्रहरीको आग्रह छ। “हामी सबैलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न चाहन्छौँ।”

यता, वेल्ड काउन्टी शेरिफ अफिसले पनि शुक्रवार एक स्पिडिङ घटनासहित चेतावनी जारी गर्‍यो। दक्षिणतर्फको I-25 हाइवेमा माइल पोस्ट 240 नजिक, एक चालकलाई ७५ mph क्षेत्रमै १०८ mph मा गाडी हाँकिरहेको र हेडलाइन पनि नबालेको अवस्थामा पक्राउ गरिएको थियो।

उक्त चालक एलिजाह टोलिभरको ड्राइभिङ लाइसेन्स पहिले नै ‘ह्याबिचुअल अफेन्डर’ भएकाले खारेज गरिएको पाइएको थियो। उनलाई प्रहरीले निम्न आरोपसहित पक्राउ गर्‍यो:
पटक-पटकको कसुरका कारण लाइसेन्स खारेज (रद्द) भएको अवस्थामा सवारी चलाएको।
तोकिएको गति सीमा (Speed Limit) भन्दा २५ देखि ३९ माइल प्रति घण्टा बढीको तीव्र गतिमा सवारी चलाएको।
सवारी बिमा (इन्स्योरेन्स) को प्रमाण देखाउन नसकेको।
नियम अनुसार वा आवश्यक परेको समयमा सवारीको बत्ती (Headlights/Tail lights) नबालेको ।

यसैबिच, कोलोराडो डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशनले अगस्टमा जनाएअनुसार, गत वर्ष कोलोराडोमा स्पिडिङकै कारण २३७ जनाको मृत्यु भयो, जुन २०२३ को २२७ मृतक संख्याभन्दा बढी हो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend