बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

कोलोराडोभर आकाशमा देखिएका उज्याला रेखा: स्टारलिंक उपग्रहको प्रकाश

कोलोराडोभर आकाशमा देखिएका उज्याला रेखा: स्टारलिंक उपग्रहको प्रकाश

93
Shares
93
Shares

डेनभर । मंगलबार राति कोलोराडोका विभिन्न स्थानमा आकाशमा उज्यालो रेखाजस्तो देखापरेको थियो। धेरैलाई यो रहस्यमय जस्तो लागे पनि वास्तविकता भने सामान्य नै हो।

फक्स३१ का दर्शकहरूले सफेद उज्यालाको लाम देखिएको भन्दै तस्वीरहरू पठाएका थिए । एक दर्शकका अनुसार ती बत्तीहरू पश्चिमतिर देखिएर उत्तर–पुर्व दिशातिर सरेपछि हराए। अर्का दर्शकले दक्षिण पार्कर क्षेत्रमा साँझ ५:३० बजे पश्चिमदेखि पुर्वतिर सर्ने ती बत्तीहरूको फोटो खिचेका थिए ।

यस्ता बत्तीहरू अनौठो लागे पनि असामान्य भने होइनन् । यी बत्तीहरू स्पेसएक्सद्वारा संचालित एलोन मस्कको ‘स्टारलिंक’ उपग्रह नेटवर्कका हुन्। स्टारलिंकले २०१९ बाट अन्तरिक्षमा उपग्रह प्रक्षेपण गर्न सुरु गरेको हो, जसले उपग्रहमार्फत कार्यालय वा घरमा रहेका प्रयोगकर्ताको टर्मिनलमा इन्टरनेट सिधै पठाउँछ ।

स्टारलिंक ट्र्याक गर्न मद्दत गर्ने ‘Find Starlink’ का अनुसार मंगलबार राति ती उपग्रहहरू कोलोराडो क्षेत्रमै थिए । गुगलका ग्राफिक्स तथा कम्प्युटर भिजन इन्जिनियर जेम्स डार्पिनियनले बनाएको वेबसाइटले पनि त्यही समय उपग्रहहरू त्यस्तै स्थानमा रहेकाले पुष्टि गरेको छ ।

यो पहिलो घटना होइन। एक वर्षअघि, १८ नोभेम्बरमा, बोल्डर, एलिजाबेथ तथा अन्य मेट्रो क्षेत्रहरूमा पनि यस्तै स्टारलिंकका उज्याला देखिएका थिए । अक्टोबर २०२३ मा त लगातार तीन दिनसम्म आकाशमा ती रेखाजस्तै बत्तीहरू देखापरेका थिए ।

Photo Source: Fox31 News

स्टारलिंक फेरि देखिने सम्भावना पनि छ । Find Starlink का अनुसार बुधबार राति पनि डेनभरबाट उपग्रह देखिन सक्नेछ, र आगामी केही दिनसम्म उक्त क्षेत्रमै रहनेछ, यद्यपि हरेक दिन दृश्य हुने ग्यास छैन ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend