बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

मगर संघ अमेरिका कोलोराडो च्याप्टरको देउसी भैलो सम्पन्न

मगर संघ अमेरिका कोलोराडो च्याप्टरको देउसी भैलो सम्पन्न

324
Shares
324
Shares

कोलोराडो । मगर संघ अमेरिका, कोलोराडो च्याप्टरको आयोजनामा शुभ दीपावलीको अवसरमा शनिबार वेस्टमिनिस्टरस्थित नेपाली घरमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । कोलोराडोमा बसोबास गर्ने मगर समुदायको सामुहिक सहभागितामा शुभकामना आदानप्रदानसहित यो पर्व मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मगर संघ अमेरिका केन्द्रीय समितिका पश्चिम क्षेत्र उपाध्यक्ष कृष्ण थापा मगरले तिहारका अवसरमा विभिन्न च्याप्टरहरूले देउसी भैलो आयोजना गरिरहेको बताउनुभयो । उहाँले मगर संघ केन्द्रीय समितिले निःशुल्क मगर भाषा कक्षा सञ्चालन गर्न लागेको जानकारी गराउँदै सबैलाई सहभागी हुन अनुरोध गर्नुभयो ।

च्याप्टरका अध्यक्ष उपेन्द्र राना मगरले देउसी भैलोको ऐतिहासिक महत्त्वबारे प्रकाश पार्दै यो केवल मनोरञ्जनका लागि मात्र नभई यसको आफ्नै पृष्ठभुमि रहेको बताउनुभयो ।

पत्रकार मनोज घर्ती मगरले तिहारमा ‘बलि राजा’ (बलिहाङ) ले पठाएको भन्दै देउसी भैलो सुरु भएको प्रसंगलाई जोड्दै, पाल्पा क्षेत्रका शक्तिशाली मगर राजा बलिहाङ राना मगरको सम्मानमा यो परम्परा सुरु भएको इतिहास प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा मगर संघ अमेरिका सांस्कृतिक भवन आर्थिक सङ्कलन समितिका सचिव लक्षुमन राना मगर, डेनभर मगर समाजका संस्थापक अध्यक्ष खेम चौहान मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विभिन्न मगर सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको उक्त कार्यक्रममा कोलोराडोमा रहेका मगरहरूको बाक्लो उपस्थिति थियो ।

च्याप्टरका उपाध्यक्ष भुमिका पुन मगरले स्वागत मन्तव्य राख्नुभएको र सचिव बिक्रम बारघरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता अध्यक्ष उपेन्द्र राना मगरले गर्नुभएको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend