कोलोराडो । विजया दशमीको बिदाइसँगै नेपालीहरूको दोस्रो महान् चाड शुभ दीपावलीको अवसरमा अरोरा सेण्टीनियल बासी नेपालीहरूले नेपाली सामुदायिक केन्द्र (नेपाली घर) को सहयोगार्थ देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
सदाका वर्षहरूमा जस्तै यस वर्ष पनि तिहारको शुभकामना आदान प्रदान सहित देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको कार्यक्रम मुल समिति संयोजक राज ढुंगानाले युएसनेपाल टुडेलाई जानकारी गराए ।
ओक्टुबर १७, २०२५ शुक्रवारका दिन (Porch Church) 19401 E Chenango Drive Centennial, CO 80015 मा उक्त कार्यक्रम आयोजना गरिने आयोजक टिमले दिएको छ । उक्त कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न समिति तोकिएको छ ।
कार्यक्रमको मुल समिति र उप-समितिहरूका संयोजकहरू यसप्रकार छन:-
राज ढुंगाना , संयोजक ( मुल समिति)
जगदीश चन्द्र ढकाल, संयोजक (अर्थ संकलन समिति र भैलो कार्यक्रम )
शैलेश पोखरेल, संयोजक (मिडिया समिति)
अर्जुन बगाले, संयोजक (सांस्कृतिक कार्यक्रम)
गंगा चौलगाई, संयोजक (देउसी )
दीपक ढकाल, संयोजक (खाना व्यवस्थापन समिति )
दिनेश थापा, संयोजक (स्वयंसेवक परिचालन समिति)
राजु खनाल, कार्यक्रम संचालक
उक्त दशै तिहार शुभकामना एवं देउसी भैलो कार्यक्रम सभ्य, भव्य तथा उत्साहप्रद रूपमा सम्पन्न गर्नको लागि यस क्षेत्र र वरपरका नेपालीहरूको उपस्थितिको लागि आयोजक टिमले हार्दिकतापुर्वक अनुरोध गरेको छ । आउनुहोस् हजुर हामी यो कार्यक्रममा सकभर सपरिवार सहभागी भएर दुःखसुख एक आपसमा बाडदै, मीठा मीठा परिकारको साथ देउसी भैलो खेल्दै, नाचगानका साथ रमाऊ । आफ्नो भाषा, संस्कृति, चाडबाड र परम्पराको जगेर्ना गरौँ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend