काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रवार भएको बस दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। मृतकमध्ये हालसम्म छ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा १६ जना घाइते भएका छन् र उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
मृतकहरूमा रोशी गाउँपालिकाका मेघबहादुर तामाङ, फुलमाया तामाङ, इन्द्रबहादुर तामाङ, प्यारीमाया तामाङ, नेपाली सेनाका अमलदार बमबहादुर भण्डारी तथा सिन्धुलीकी सुमि तामाङ रहेका छन् । अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend