सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

तीन करोड बराबरको सुनसहित व्यापारी पक्राउ

तीन करोड बराबरको सुनसहित व्यापारी पक्राउ

61
Shares
61
Shares

सुर्खेत । सुर्खेत प्रहरीले करिब तीन करोड रुपैयाँ बराबरको सुनचाँदीका गरगहनासहित व्यापारी श्यामसुन्दर अग्रवाललाई पक्राउ गरेको छ।

प्रहरीले वीरेन्द्रनगर–६ राजाचोकस्थित ‘शिव ईम्पोरिय’ पसलबाट अग्रवाललाई नियन्त्रणमा लिएको हो। उनको साथबाट विभिन्न किसिमका सुनचाँदीका गरगहना, नेपाली तथा भारतीय मुद्रा, नगद गन्ने मेसिनलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend