बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ब्राउन सुगरसहित दुई युवक पक्राउ

ब्राउन सुगरसहित दुई युवक पक्राउ

37
Shares
37
Shares

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–८ स्थित गान्धी चोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट सोल्टी बजार र इलाका प्रहरी कार्यालय बरहथवाको संयुक्त टोलीले मंगलबार स्थानीय ३० वर्षीय अरुण लामाको घरमा छापा मारेको थियो। छापामारीका क्रममा अरुण लामा र धनुषाको धनुषाधाम नगरपालिका–७ निवासी ३० वर्षीय सनम लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट करिब १० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरेको छ। साथै, तीन थान एन्ड्रोइड मोबाइल, नेपाली रुपैयाँ २३ हजार ७७० र भारतीय रुपैयाँ ९०० समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend