कोलोराडो । अरोरा सेन्टेनियल समुदायले यस वर्षको ग्रीष्मकालीन (समर) पिकनिक सेन्टेनियल पार्कमा हिजो शनिवार सम्पन्न गरेको छ । करिब ४०० जनासहितको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा विभिन्न खेलकुद, राफल तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएको थियो ।
कार्यक्रममा विभिन्न खेलकुद तथा प्रतियोगिताहरू आयोजना गरिएको थियो, जसमा राफल, गुच्चा चम्चा खेल, घैँटो फोर तथा अनलाइन गेम समावेश थिए । राफलको विजेताहरूमा मोनिका श्रेष्ठ, धनेश रन्जितकार र अर्जुन दाहाल थिए भने गुच्चा चम्चा खेलमा प्रथम: आरुशी खनाल, द्वितीय: सुप्रिम भट्टराई र तृतीय: कौस्तुभ चौलागाइ हुन । त्यसै गरी घैँटो फोरमा निमा शेर्पा विजयी भएका थिए । अनलाइन गेममा प्रथम: शरद धिताल, द्वितीय: सुधा धिताल र तृतीय: निरजित ढकाल विजयी भएका छन् । पुरस्कार विजेताहरूलाई समुदायका डा. जगदीश बरालले वितरण गरेका हुन । अरापाहो काउन्टी क्लर्क जोन लोपेजले पनि हाँडी फोर खेल खेलेकी थिइन ।

कार्यक्रममा कुटनीतिज्ञ दिनेश भट्टराई, कोलोराडो स्टेट प्रतिनिधि एलिजा हाम्रीक (Colorado State Representative, Eliza Hamrick), अरापाहो काउन्टी क्लर्क जोन लोपेज (Arapahoe Country, Clerk Joan Lopez), एसेसोर पिके काइजर (Assessor, PK Kaiser) तथा कोलोराडोमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित भएका थिए । साथै, ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोका नयाँ पदाधिकारीहरू तथा मुख्य प्रायोजक कृष्ण काफ्ले तथा उनकी आमालाई कार्यक्रमका समिति संयोजकहरूबाट खादा लगाएर सम्मान गरिएको थियो ।

यस पिकनिकको सफल आयोजनामा विभिन्न समितिहरूको महत्त्वपूर्ण भूमिका रह्यो । जसमा खाना व्यवस्थापन समिति: अर्जुन कार्की (संयोजक), आर्थिक समिति: गंगाप्रसाद चौलागाई (संयोजक), मिडिया तथा प्रचार प्रसार समिति: शैलेश पोखरेल (संयोजक), मनोरञ्जन तथा खेलकुद समिति: सुदीप बगाले (संयोजक) र स्वयंसेवक तथा कार्यक्रम स्थल व्यवस्थापन समिति: पुष्कर बस्नेत (संयोजक) थिए ।

यस कार्यक्रमको मुख्य प्रायोजक समुदायका प्रतिष्ठित व्यवसायी तथा लक्ष्मी फुडका वनर कृष्ण काफ्लेले ३,००० डलरको उदार सहयोग प्रदान गरेका थिए । डोनेसन बक्समा जम्मा $५१४ जम्मा भएको थियो । जस मध्ये २०० डलर अरोरा निवासी व्यवसायी राजु/रिता थापाले दिएका थिए । कार्यक्रममा खाना सहयोग गर्ने रेस्टुरेन्ट बाजेको सेकुवा र इन्डिया कास्टललाई पनि धन्यवाद दिइएको थियो । अरोराबासी नेपालीहरुले यो पिकनिक २००६ देखी लगातार गरिरहेका छन ।

यसरी समुदायका सदस्यहरूले एकताबद्ध भएर मनोरञ्जन, प्रतिस्पर्धा र सद्भावना बढाउँदै यो आयोजना सफल बनाएका छन् । कार्यक्रमको समापनमा कार्यवाहक संयोजक अर्जुन बगालेले सबैलाई धन्यवाद ज्ञापन गरे भने कार्यक्रमको सञ्चालन राजु खनालले गरेका थिए भने अनलाइन गेमको सन्चालन सुदिप बगालेले गरेका थिए ।

यसरी अरोरा सेन्टेनियल समुदायले ग्रीष्मकालीन पिकनिकमा सामुदायिक बन्धन अझै कडा बनाउँदै आफ्नो सांस्कृतिक र सामाजिक एकताको परिचय दिएको छ ।





























































































© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend