न्यू योर्क । टेम्पोररी प्रोेटेक्टेड स्ट्याटस (टिपिएस्) खारेज गर्ने ट्रम्प प्रशासनको निर्णय विरुद्ध क्यालिफोर्नियाको नर्दन डिस्ट्रिक्ट अदालतमा दायर मुद्दाको पहिलो सुनुवाइ जुलाई २९ मा हुँदै छ। पहिलो सुनुाई मङ्गलवार २ बजेको लागि समय तोकेको छ । नेशनल टिपिएस् एलायन्सको अगुवाइमा २ नेपाली सहित ७ जना व्यक्तिगत वादीहरूले नेपाल, होन्डुरस र निकारागुवाको टेम्पोररी प्रोेटेक्टेड स्ट्याटस टिपिएस् बचाउनको लागि संयुक्त रूपमा जुलाई ७ तारिखमा मुद्दा दायर गरेको हो ।
युनाइटेड फर टिपिएस् नेपाल (युटिपिएसएन) का संस्थापक संयोजक मध्येका एक सदस्य अनिल शाहीले एक विज्ञप्ति जारी गर्दै टिपिएसमा रहेका नेपालीहरूलाई नेशनल टिपिएस् एलायन्सको सदस्यता लिन आव्हान गरेका छन् । टिपिएस् खारेजीको निर्णयले हजारौँ नेपालीहरूको जीवनलाई प्रत्यक्ष असर पार्ने भएकोले टिपिएसवाहक नेपालीहरूलाई नेशनल टिपिएस् एलायन्स (एनटिपिएसए) को सदस्यता लिन आव्हान गरेको हो । अमेरिकी सरकारले मुद्दाको सुनुवाइको क्रममा वादीलाई मात्रै वा नेशनल टिपिएस् एलायन्सको सदस्यहरूलाई मात्रै कानुनी सुरक्षा प्रदान गर्न सक्ने गरी राहतलाई सीमित गर्न सक्ने सम्भावना भएकोले सबै टिपिएसवाहक नेपालीहरूलाई नेशनल टिपिएस् एलायन्स (एनटिपिएसए) को सदस्यता लिई संरक्षित हुन युटिपिएसएनले विज्ञप्तिमार्फत आव्हान गरेको हो । यो अदालतलाई अमेरिकी सरकारको आग्रह हो र मान्यो भने भन्ने सम्भावनाको लागि एनटिपिएसएको सदस्यता लिएमा नेपाली टिपिएसवाहकहरु पनि समेटिने भएकोले सदस्यता लिनु आवश्यक रहेको युटिपिएसएनको संयोजक शाहीको भनाई छ।
झन्डै ७ हजार ८ सय नेपाली टिपिएस् अन्तर्गत छन् । एनटिपिएसएको सदस्यता निःशुल्क रूपमा लिन सकिन्छ भने सदस्यता लिई सकेपछि टिपिएस् वाहकहरूको कानुनी तथा राजनीतिक शक्ति मजबुत तथा बलियो हुने छ भने अदालतका आदेशहरू (एनटिपिएसए) को सदस्यमा सीमित भएमा सदस्यता लिएका नेपाली टिपिएसवाहकहरु पनि सुरक्षित हुने छन् साथै टिपिएस् संरक्षणका लागि चलिरहेको देशव्यापी आन्दोलनमा जोडिएर एकताबद्ध रूपमा लड्न सकिने र टिपिएस् सम्बन्धी मुद्दा, वकालत तथा विभिन्न गतिविधीहरुको जानकारी समयमा नै उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।
नेशनल टिपिएस् एलायन्सको नेतृत्वमा ३ वटा देश नेपाल, होण्डुरस र निकारागुवाको टिपिएस् बचाउनको लागि मुद्दा दर्ता गरेको थियो । नेपालको तर्फबाट सन्ध्या लामा, होन्डुरसको तर्फबाट जोनी र निकारागुवाको तर्फबाट मारिया लेना लगायत रहेका छन्। संयोजक शाहीले क्यालिफोर्नियाको सानफ्रानिस्कोमा बसोबास गर्ने नेपाली समुदायलाई सुनुवाइको दिन अदालतमा उपस्थित भई नैतिक समर्थन गरी साथ र सहयोग गर्न नेपाली समुदायलाई आग्रह गरेको छ।
Photo Source: AI generated
https://actionnetwork.org/forms/solicitud-de-membresia-membership-application
युनाइटेड फर टिपिएस नेपालले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै ।
UTPSN _Press Release – Nepali
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend