बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

विशाल भण्डारीले प्रधानमन्त्रीलाई गुहारे: “साझेदारले धोका दिएर करोडौँ घाटा र तनाव दिए”

विशाल भण्डारीले प्रधानमन्त्रीलाई गुहारे: “साझेदारले धोका दिएर करोडौँ घाटा र तनाव दिए”

384
Shares
384
Shares

काठमाडौं। “कमेडी च्याम्पियन” बनाउने विशाल भण्डारीले आफ्नै साझेदारले धोका दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यायको माग गरेका छन्।

उनले भनेका छन्, “एक साझेदारले मेरो अनुमति बिना नै पैसा लिएर लगे। यसले मलाई मानसिक तनाव दिएको छ।” उनको आरोप छ कि त्यो व्यक्तिले उनलाई झूटा कानूनी समस्यामा फसाएर ९० लाख रुपैयाँ थप लिएर फर्काएनन्। उनले प्रहरीले पनि उनलाई सहयोग गरेन भनेर गुनासो गरेका छन्।

भण्डारीले १९ महिना अघि “थ्री प्रोडक्सन” नामक कम्पनीमा ३.५ करोड रुपैयाँ लगानी गरेका थिए। उनीहरूबीच सहमति भएअनुसार, उनले कम्पनीलाई डेढ करोड रुपैयाँ तुरुन्त दिने र मुनाफा आएपछि बाँकी ३.५ करोड पुर्याउने बताए। तर, उनको साझेदारले कम्पनीको चेक लिएर बैंकिङ गल्तीको मुद्दा लगाएर उनलाई दबाब दिएर २ करोड ४० लाख रुपैयाँ असुल गरेको उनले बताए।

भण्डारीले आफ्नो साझेदारले राज्य प्रशासनमा आफ्नो “झूटा पहुँच” प्रयोग गरेर उनलाई सताएको आरोप लगाएका छन्।

उनले फेसबुकमा लेखेको स्टाटस (जस्ताको त्यस्तै):

एक घोर अन्याय बिरुध्द हिम्मत गरेर आज म लेख्दैछु ।
मेरो कंम्पनी Three Production Pvt. Ltd. ले उत्पादन गरि प्रशारण हुदैआइरहेको Show COMEDY CHAMPION र Comedy Night With Champion को बारेमा यहाहरु भलिभाँति जानकार नै हुनुहुन्छ।

लाखौ करोडौ दर्शकहरुको अपार माया,स्नेह र साथले सामजिक सन्जाल प्रयोगकर्ता र टेलिभिजनका दर्शकहरु माझ सर्वाधिक रुचाइमा पर्न सफल हाम्रो यो Show बर्षकै हिट कार्यक्रमको रुपमा स्थापित हुदै अहिले पाॅचौ कार्यक्रम चलिरहेको छ ।

१८/१९ महिना जति अघि आफुलाई NRN दावी गर्ने एक ब्यक्ति ३.५ करोड लगानी गरेर ३०% Share किन्ने भन्दै कम्पनीमा प्रवेस गरे , हामी बिच भएको करारमा २४ महिना लगानी ननिकाल्ने भनि प्रष्ट लेखिएको पनि छ । Comedy Champion Season 3 चलाउन आवश्यक परेको १.५ करोड् तत्काल दिने र पछि मुनाफाको हिसाब आएपछि थप गरेर ३.५ करोड् पुर्याउने मौखिक भद्र सहमति पछि कम्पनीको कागज पत्र उनकै वकिलले सेयर कित्ता बाडफाड गरेर कम्पनी रजिस्टारको कार्यालयमा अध्यावधिक गराए ( उनि र म कंपनीको संचालक र बाकी २ शेयर धनिलाई साधारण सदस्य रही कम्पनिको तर्फबाट गरिने आर्थिक कारोबारका चेकहरुमा मेरो एकल दस्तखत हुने प्रावधान बनाएर)। अनुमानित मुनाफा जोडेर म संग ५०लाखको २ वटा २५ लाखको १ वटा अनि ३० लाखको ३ वटा गरेर २ करोड १५ लाखको Security चेक पनि लिए ।
Comedy champion सिजन ३ सकिना साथ म संग पैसा कहिले आउछ म निस्किन्छु भन्ने बहाना बनाएर संम्झौता विपरित मलाई पैसाको लागी यातना(Torture) दिन सुरु गर्न थालियो ।

राज्य प्रशासनमा भएको ढोंगी पहुचको दुरुपयोग गर्दै आफै संचालक रहेको कंपनीको चेक लगेर बैकिंङ कसुरमा मेरा बिरूद्ध मुद्दा दायर गरेर मलाई दिनु दुख दिए र दवावमा राखेर २ करोड ४० लाख असुले ।

हरेक बैकिगं कारोवार BANK to BANK भएकोले म संग सबै कारोवारको प्रमाण छ । तर बडि गएको पैसा फिर्ता नगर्ने र जसरि पनि उनको चिनजान संबन्ध र शक्तिको दुरुपयोग गर्दै पैसा असुल्न लागेको देखेपछि कंपनीको बाकी शेयर धनिले बिभिन्न मुद्दा हालेर हिसाब मागेको र २.४ करोड अपचलनको लगायतको मुद्दा जिल्ला अदालत काठमाडौ र उच्च अदालत पाटनमा चलिरहेको छ ।उनले चेक बाफत दाबि गरेको रकम लगेरपनि मिलापत्र गर्न नआएपछि मैले उनका बिरुध्द दिएको अपराधिक लाभको मुद्दा परिसर काठमाण्डौमै छ । उस्ले हालेको बैकिंङ कसुरको मुद्दा पैसा लिईसकेर पनी मिलापत्र गर्न उ नआयर जिल्ला अदालत पुगेको छ ।

जति गरेपनी उस्ले लगेको पैसा फिर्ता नगर्ने र जबरजस्ति पेलेरै जाने नियत देखाएपछि मैले बांकी शेयर धनिलाई सहमत गराएर उस्ले लगेको २.४ करोड मध्ये बडि गएको ९० लाखको नेपाल सरकारको कंपनी ऐन अन्तर्गत हुन आउने कर तिरायर मिलापत्र गर्ने सल्लाह भयो ।

तर अझैपनी मिलापत्र गर्न नआउने, हामिलाई अलमल्लायर राख्ने, पैसा पनी लग्ने ,मिलापत्र पनी नगर्ने ,कंपनी नछोड्ने र कानुनको कमजोरिको फाईदा उठाउदै मुद्दाको पेसि पटक-पटक सार्न लागाइ दुख दिएर हैरान बनाउने, काम गर्न नदिने , कार्यक्रम रोक्न मुद्दा हाल्ने कहिले कंपनीको खाता रोक्न मुद्दा हाल्ने धम्काउने लगायतको काम गर्ने गरेर कम्पनिको कार्यसम्पादनमा निरन्तर रुकावट ब्यवधान गर्ने उस्को यस निकृष्ट एबं घृणित व्यवहारका बिरुद्ध भण्डाफोरको उदघोष नगरी थप सहेर बस्न नसकेको कारणले यो Status मार्फत न्यायप्रेमी जनता (दर्शक/ श्रोता) माझ उसको देखावटी सुकिलो अनुहार भित्र लुकेको सैतानि चेहरा उजागर गर्न बाध्य भएको छु।

यस अघि बिजेतालाई महिनादिन नबित्दै गाडि उपहार दिने ईतिहास थियो हाम्रो, तर यो पटक सिजन ३ को बिजेता कलाकार भाईलाई घोषित पुरस्कार दिन सकिएको छैन ।कतिमय विभागको वेतन पनी वाकी नै छ । समयमा पैसा दिन ठुलै कसरत गर्दापनी नसकिने अवस्थामा उस्ले पुर्यायर छोडेको छ। २ लाख बाट संघर्ष गरेर सुरु भएर बनेको कंपनीको खाताबाट २.४ करोड अचानक जादा समस्या आउनेनै भयो ।

यो क्रममा मैले यो विषयको जानकारि सम्माननिय प्रधान मन्त्री के पि शर्मा ओली ज्यु #kpoli #Hellosarkar ज्युको सचिवालयमा गराएर मद्दत पनि मागे । तर त्यो कुरा सचिवालय भन्दा माथि पुग्यो पुगेन थाहा भएन। देश बनाउछु भन्नेलाई मेरो मुद्दा सानो लागेको पनी हुन सक्छ ।
तर उन्ले दिएको Torture को मन्दबिष (Slow poison ) को असरले हाम्रो दैनिकि निकै समय देखि अस्तब्यस्त बनिनै रहेको छ , संघर्षबाट बिचलित भइ हरेस खाएर आत्तिने स्वभावको कोइ अरु मेरो स्थानमा हुन्थ्यो भने कुनै अप्रिय घट्ना घटि सक्थ्यो Torture त्यस्तो थियो त्यो बेलाको। हुनत उस्ले गलत प्रभाव र भ्रममा पारेकोले हुन सक्छ सम्बन्धित निकायका(प्रहरि परिसरका ठुलै दर्जाका प्रहरी लगायतले ) अधिकारी हरुले पनि थोरै पनि वास्तविकता निहाल्न आवस्यकनै ठानेनन् उल्टै मलाई गरेको त्यो बेलाको तुक्ष संबोधन आजपनि स्मरणहुदा अपृय लाग्छ , मरेतुल्य भएको त्यो क्षण बिर्सन खोज्दा पनि सक्दिन।प्रहरि मेरो साथीको एक कक्षा ति ठुला अधिकारिलाई फेरी पनी गर्नु देखे ।प
तर मैले बुझेको छु संघर्षको यश मैदानमा मैले खुट्टा कमाउन मिल्दैन,सुहाउदैन किनकी यो कुरा म एक जनाको हैन म संग काम गर्ने सबै कलाकार र प्राविधिक गरेर १००/११० कर्मचारिको दैनिकी र करियरको सवाल हो ।

आज उनि मलाई र मैले दुखका साथ स्थापना गरेको कम्पनीलाई बर्बाद पार्न लागेको आभाष हुदैछ । १०० जनाको रोजगारि ,दैनिकी र भविष्यको प्रश्न छ ।

यसलाई सरकार कानुन र न्यायालयले प्राथमिकताका साथ हेर्न आवश्यक छ ।

म एक जना त २ भाई र बुवा आमा भएको देश NEW ZEALAND जांउला उतै बसौला तर कंपनीको वाकी १०९ जना कता जाने ?
के यो देशमा इमान्दारीता साथ कला सृजना श्रम र पौरख बेचेर गरीखान नपाइने हो?
स्वरोजगारको संभावना देख्ने कर्मबीर हरु लेखेटिनु नै पर्ने हो? छलढाट, बेइमानि, बाट अरुको पसीनाको कमाइ चुसेर समाजसेवि वा प्रवासी नेपालीको आवरणमा दुनियालाइ भ्रमित पार्दै भलादमि रुप धारण गर्ने सुकिला हरुको लागि मात्रै राज्य संयत्र हो र?
के देश संबन्ध बनायर शक्ति राख्न र दुरुपयोग गर्न जान्ने मात्रको हो ?
कि ठुला होटलको Top floor मा बसेर Whisky खायर गफ दिनेको मात्र हो ?
हामी जस्तो लोकल चिया पसलमा चिया खाने र आफ्नो काम संग मोह राख्ने देशमै केहि गर्न तम्सेको मान्छेको कस्ले सुन्ने ?
मलाई कतिको पैशा दिन समय लाग्यो होला तर दियन र खायो भन्ने एकै जना पनि छैनन्
ईमानदारी राख्दै कर्म गर्ने म र हामी जस्ता कता जाने ?
अब त अतिनै भयो ——सरकार र कानुन छ भने म र मेरो टिमलाई न्याय र काम गर्ने वातावरण चाहियो ।हामी यहि देशमै बसेर दर्शक हसाईराख्न चाहन्छौ ।

Note- उनको तस्विर र नाम नहाल्नुको कारण उनको कारण उनका परिवार वाल वच्चा लज्जित हुन नपरोस् भनेर हो । दोषी उ मात्रै हो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend