काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। काठमाडौँमा आयोजित विशेष समारोहमार्फत चलचित्रको औपचारिक घोषणा गरिएको हो।
निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा मदनकृष्णको भूमिका महेश त्रिपाठी र उनकी पत्नी यशोदाको भूमिका केकी अधिकारीले निर्वाह गर्नेछन्। चलचित्रमा मदनकृष्णको बाल्यकाल, सरकारी सेवाको यात्रा, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका संघर्ष र सफलताका विभिन्न पाटाहरू समेटिने निर्माण पक्षले जनाएको छ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनमा आधारित चलचित्र बन्न लागेकामा खुसी व्यक्त गर्दै आफ्नो सफलतामा हरिवंश आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताए। भदौ दोस्रो सातादेखि छायांकन सुरु हुने चलचित्रको निर्माण राजकुमार श्रेष्ठले गर्नेछन्।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend