मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

अदालतको आदेशपछि ‘लालीबजार’ प्रदर्शनका लागि मार्ग खुला, वैशाख २५ देखि रिलिज हुने

अदालतको आदेशपछि ‘लालीबजार’ प्रदर्शनका लागि मार्ग खुला, वैशाख २५ देखि रिलिज हुने

30
Shares
30
Shares

काठमाडौँ । नेपाली चलचित्र ‘लालीबजार’ अब प्रदर्शनमा आउने भएको छ। उच्च अदालत पाटनले यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै फिल्म प्रदर्शनको बाटो खुलेको हो।

बुधवार न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले फिल्ममाथिको रोक हटाउने निर्णय गरेको हो। यससँगै निर्माण कम्पनी षट्कोण आर्ट्सका अनुसार ‘लालीबजार’ आगामी शुक्रवार, वैशाख २५ गतेदेखि देशभर प्रदर्शन हुनेछ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै निर्धारित मितिमै फिल्म रिलिज हुने जानकारी दिए। उनका अनुसार फिल्म कुनै पनि समुदायको भावना आहत गर्ने उद्देश्यले निर्माण गरिएको होइन, बरु आमा र छोरीबिचको सम्बन्ध र संघर्षको भावनात्मक कथा प्रस्तुत गरिएको छ।

निर्देशक तथा लेखक यम थापाले पनि फिल्मबारे फैलिएका अनुमान निराधार भएको बताएका छन्। उनले फिल्म हेरेपछि कुनै पनि पक्षको भावना नआहत हुने विश्वास व्यक्त गरे।

‘लालीबजार’ मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र बिरबल चौधरीलगायत कलाकारको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्। विशाल थिएटर क्षेत्रमा अभिनेता तथा निर्देशकका रूपमा सक्रिय छन् भने प्रशंसा नयाँ पुस्ताकी उदीयमान अभिनेत्री हुन्।

फिल्मको कथा तथा निर्देशन यम थापाले गरेका हुन् भने पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका छन्। कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्।

प्राविधिक टिममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट् बस्नेत, छायांकन निर्देशक सुशन प्रजापति, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलरिस्ट रेनिश फागो, भिएफएक्स समीर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ रहेका छन्।

त्यसै गरी, कला निर्देशन उमेश चौधरी, पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट), मिडिया संयोजन सिपी जैशी, कस्ट्युम डिजाइन तथा स्टाइलिङ जानकी कडायत, मेकअप काव्या थापा तथा सङ्गीतमा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको योगदान रहेको छ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend