सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

नेपाललाई हराउँदै बंगलादेशले यू–२० महिला च्याम्पियनसिपको उपाधि जित्यो

नेपाललाई हराउँदै बंगलादेशले यू–२० महिला च्याम्पियनसिपको उपाधि जित्यो

87
Shares
87
Shares

काठमाडौं । बंगलादेशले नेपाललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै यू–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ । ढाकाको बसुन्धरा किंग्स एरिनामा भएको फाइनल खेलमा बंगलादेशकी स्ट्राइकर सागोरिकाले चार गोल गरेर टिमको ऐतिहासिक जितमा ठूलो योगदान पुर्याइन् ।

खेलको आठौँ मिनेटमै सागोरिकाले पहिलो गोल गरेर बंगलादेशलाई अग्रता दिलाइन् । उनले दोस्रो हाफमा अतिरिक्त तीन गोल गरेर नेपाली टिमको हार निश्चित बनाइन् । यसअघि समूह चरणमा पनि बंगलादेशले नेपाललाई ३–२ ले हराएको थियो । यो जितसँगै बंगलादेशले टूर्नामेन्टको उपाधि उचाल्न सफल भएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend