बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

पत्रकार वाग्ले गम्भीर रूपमा बिरामी, अपरेशनपछि होस फर्किएन

पत्रकार वाग्ले गम्भीर रूपमा बिरामी, अपरेशनपछि होस फर्किएन

161
Shares
161
Shares

क्यालिफोर्निया, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का आजीवन सदस्य तथा सक्रिय पत्रकार जीवन्त वाग्ले गम्भीर रूपमा बिरामी परेका छन्। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बेरियामा बसोबास गर्ने वाग्ले ‘ब्रेन ट्युमर’ बिरामीले चपेटामा परेका हुन्।

वाग्लेकी श्रीमती नम्रता बास्तोलाले नेजाका पदाधिकारीलाई जानकारी दिए अनुसार, वाग्लेको वालनट क्रिकस्थित जोन्म्युअर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ । २०२५ जुलाई ७, सोमवारमा भएको यस अपरेशनपछि उनी अहिलेसम्म होस नफर्किएर अस्पतालमै उपचाराधीन छन ।

जुलाई ६ मा तीव्र टाउको दुखाइले गर्दा उनी मार्टिनेज अस्पतालको इमर्जेन्सीमा पुगेका थिए। त्यसपछि उनी जोन्म्युअर अस्पतालमा सर्भार भए र ट्युमरको बायोप्सी गरियो। बायोप्सी रिपोर्ट आएपछि चिकित्सकहरूले उपचार योजना बताउने बताएका छन्।

अपरेशनपछिको उपचार प्रक्रिया, स्वास्थ्यलाभमा लाग्ने समय तथा उनले पूर्ण स्वास्थ्य प्राप्त गर्न सक्ने वा नसक्ने बारे अहिलेसम्म निश्चित जानकारी नभएको चिकित्सकहरूले बताएका छन्। नेजाले आफ्नो बिज्ञप्तिमार्फत वाग्लेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend