काठमाडौँ । प्रख्यात लोकगायक प्रेमराजा महतको नयाँ गीत ‘अहिलेको तीजैमा’ सार्वजनिक भएको छ। यस तीज विशेष गीतमा गायिका सुनिता दुलालले स्वर साथ दिनुभएको छ। गीतको कोरियोग्राफी र निर्देशन सियोन श्रेष्ठले गर्नुभएको छ भने छायांकन श्याम तामाङको रहेको छ।
रानी मुना कार्कीको निर्माणमा बनेको यस गीतको म्युजिक भिडियोमा नायिका अञ्जली अधिकारी र गायक प्रेमराजा महतले आफैंले अभिनय गर्नुभएको छ। गीतमा रत्न बिकको बाँसुरी, हेमन्त कान्छा रसाइलीको सारंगी, मदन रेग्मीको मादल र शिशिर परियारको सनईको मधुर संगीत समावेश गरिएको छ।
गीतका शब्द, संगीत र स्वर गायक प्रेमराजा महतकै रहेको छ। यो गीत बिहीबार उहाँको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend