मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

एनआरएनए स्टेरिङ कमिटीको तेस्रो बैठक सम्पन्न, १२औँ महाधिवेशन निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय

एनआरएनए स्टेरिङ कमिटीको तेस्रो बैठक सम्पन्न, १२औँ महाधिवेशन निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय

51
Shares
51
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको तेस्रो बैठक मङ्गलवार सम्पन्न भएको छ। डिसेम्बर २३, २०२५ मा सम्पन्न उक्त बैठक संघका पुर्व अध्यक्ष विनोद कुँवरको अध्यक्षता तथा महासचिव बाबुराम (बी.आर.) लामाको सञ्चालनमा भएको हो ।

बैठकमा आगामी १२औँ बृहत् महाधिवेशन तथा निर्वाचन प्रक्रियासम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएका छन्। निर्वाचन प्रक्रियाका लागि प्रमुख निर्वाचन आयुक्तमा उच्च अदालतका पूर्व न्यायाधीश तेजबहादुर कार्की नियुक्त भइसकेकोले संघको तर्फबाट आवश्यक लिखित समझदारी गर्ने निर्णय गरिएको छ। साथै निर्वाचन आयोगको टोलीसँग आवश्यक समन्वय अघि बढाइने जनाइएको छ।

त्यसै गरी, १२औँ बृहत् महाधिवेशन र निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयको डायस्पोरा विभागसँग परामर्श गर्न आगामी आइतबार स्टेरिङ कमिटी बैठकमार्फत छलफलका लागि अनुरोध पत्र पठाउने निर्णय गरिएको छ। सोही बैठकमा कानुन मन्त्रालयका प्रतिनिधिलाई समेत सहभागिताका लागि अनुरोध गर्ने निर्णय भएको छ।

बैठकले एनसीसी एकता सहजिकरणका लागि गठित समितिले तयार पारेको कार्यविधि (ToR) स्वीकृत गरेको छ। साथै सदस्यता एकीकरण र नयाँ सदस्यता आवेदनको समीक्षा गर्दै, एकताको महाधिवेशनबाट गठित राष्ट्रिय समन्वय समितिहरूमा रहेका साधारण सदस्यहरूको विवरण संघका अध्यक्ष महेश कुमार श्रेष्ठसँग समन्वय गरी महासचिव बाबुराम (बी.आर.) लामाले सचिवालयको आइटी विभागमा पठाउने निर्णय गरिएको छ।

उक्त जानकारी एनआरएनएका महासचिव द्वय गौरीराज जोशी र बाबुराम (बी.आर.) लामाद्वारा जारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend