बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सप्तपाताल पोखरीका रक्षक पुर्ण बहादुर स्थापितको निधन

सप्तपाताल पोखरीका रक्षक पुर्ण बहादुर स्थापितको निधन

37
Shares
37
Shares

ललितपुर । ललितपुरको ऐतिहासिक सप्तपाताल पोखरी संरक्षण अभियानका अग्रणी अभियन्ता पुर्ण बहादुर स्थापितको बुधबार ८१ वर्षको उमेरमा निधन भएको छ ।

स्थापित लामो समयदेखि सम्पदा संरक्षण र सार्वजनिक पोखरीहरूको पुनर्जीवनका लागि सक्रिय थिए। विशेष गरी सप्तपाताल पोखरीको संरक्षणका लागि उनले कानुनी र सामाजिक स्तरमा निरन्तर संघर्ष गर्दै आएका थिए। पोखरीमा अतिक्रमण भएको जग्गा फिर्ता ल्याउन उनी १५ वर्षभन्दा लामो समयसम्म कानुनी लडाइँमा संलग्न रहे, अन्तत उनको संघर्ष विजयमा परिणत भयो।

स्थापित पाटन दरबारका प्रमुख डिजाइनर मध्यका एक हुन्। उनका योगदानका कारण ललितपुरले एक समर्पित सम्पदा रक्षक गुमाएकोमा ललितपुरका नागरिकमा गहिरो शोक छ।

उनको निधनले सम्पदा संरक्षण क्षेत्रले एक महत्वपुर्ण व्यक्तित्व गुमाएको मानिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend