इटली । इटालीको लक्जरी फेसन ब्रान्ड प्राडाले भारतीय कोल्हापुरी चप्पलबाट प्रेरित लिमिटेड–एडिसन फुटवेयर सार्वजनिक गर्ने घोषणा गरेको छ। यसअघि डिजाइन नक्कलको विवादपछि प्राडाले महाराष्ट्र र कर्नाटकका कारीगरसँग सहकार्य गर्दै २ हजार जोडी चप्पल उत्पादन गर्ने सम्झौता गरेको हो ।
आगामी फेब्रुअरी २०२६ देखि यो कलेक्सन अनलाइन तथा विश्वभरका ४० प्राडा स्टोरमा बिक्री हुनेछ। एक जोडीको मुल्य करिब ९३९ डलर, अर्थात् झण्डै ८५ हजार रुपैयाँ पर्ने बताइएको छ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend