बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह

एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह

77
Shares
77
Shares

अमेरिका – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) का उपाध्यक्ष सुनिल साहले संघको एकतालाई सुदृढ पार्न तत्काल सबै पक्षले विभिन्न अदालतमा रहेका मुद्दाहरू फिर्ता लिनु पर्ने जनाएका छन् ।

एनआरएनए कार्यसमितिलाई एक पत्र पठाउँदै साहले विभिन्न पक्षले अदालतमा दायर गरेका मुद्दाहरू फिर्ता नलिँदा सम्म विश्वासको वातावरण नबन्ने र भावनात्मक एकता कायम गर्न पनि कठिन हुने बताए । उनले मुद्दा फिर्ता लिएपछि सदस्यता, प्रतिनिधि प्रणाली (delegate system) तथा अन्य आवश्यक विषयहरूमा स्पष्ट कार्यविधि तयार हुनु पर्ने बताए।

उनले स्टेरिङ कमिटीमा कुनै पनि छलफल वा निर्णय गर्नु अघि कार्यकारी समितिको बैठक बसाल्न पनि सुझाव दिएका छन्। ‘यी महत्त्वपुर्ण विषयहरूबारे छलफल गर्न सकेसम्म छिटो कार्यकारी समिति बैठक बोलाइदिनुहुन आदरपूर्वक अनुरोध गर्दछु,’ उनले भनेका छन्।

एकीकरण प्रक्रियालाई सही ढङ्गले, सम्मानपुर्वक र पुर्ण पारदर्शितासहित लागु गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो, साहले पत्रमा भनेका छन्। यस अघि उनले एनआरएनएमा भएको बृहत् एकताको स्वागत गर्दै विधि, पद्धति र कानुनी दायरामा रहँदै एनआरएनए अभियानलाई तल देखिनै बलियो बनाउनु पर्ने जनाएका थिए ।

गत ३० नोभेम्बरका दिन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता अधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ तथा डा बद्री केसीले नेतृत्व गरेको समुहबिच एकताको घोषणा गरिएको थियो। दुवै पक्षबिच संयुक्त रूपमा १२ औँ महाधिवेशन गर्ने सहमति भएको छ । उक्त महाधिवेशनलाई पारदर्शी र विश्वसनीय बनाउन ११ सदस्यीय स्टेरिङ कमिटी पनि गठन गरिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend