कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिद्वारा आयोजित ‘लेखन: भाव, भाषा, कला र पहिचानका प्रश्नहरू’ शीर्षकको लेखन कार्यशाला आगामी डिसेम्बर २०, २०२५ शनिवार हुने भएको छ । नेपाली साहित्य, सिर्जनात्मक लेखन र भाषिक–सामाजिक पहिचानसहितका विषयमा सहभागीहरूलाई मार्गदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यशाला जुममार्फत सञ्चालन हुनेछ ।
कार्यशालाका प्रशिक्षकका रूपमा लेखक तथा सञ्चारकर्मी केदार शर्मा रहनेछन् भने कार्यक्रमको संयोजन अनेसास महासचिव राजु सिटौलाले गर्नेछन् । आयोजकका अनुसार जुममा सीमित सङ्ख्यामा मात्र सहभागी समावेश गर्न सकिने भएकाले कार्यशालामा भाग लिन इच्छुकहरूले inlsgs2024@gmail.com मा आफ्नो नाम पठाई अग्रिम दर्ता गराउनुपर्नेछ । साथै कार्यक्रम युएस नेपाल टुडे डट कमको फेसबुक पेज, अनेसासको फेसबुक तथा जुम दुवै माध्यमबाट सिधा प्रसारण (live) हुनेछ ।
कार्यक्रम अमेरिकाको पुर्वीय समय अनुसार बिहान ८:०० बजे तथा नेपाल समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । लेखन अभ्यास, अभिव्यक्ति, कलात्मकता र साहित्यिक पहिचानसम्बन्धी विभिन्न महत्वपूर्ण पक्षमा गहिरो छलफल हुने कार्यशालाले सृजनशील लेखनमा रुचि राख्नेहरूलाई मुल्यवान् अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
अनेसासले यस्ता कार्यक्रमहरू मार्फत विश्वभर छरिएर रहेका नेपाली साहित्य प्रेमी, लेखक तथा पाठकलाई एउटै साझा प्लेटफर्ममा जोड्न निरन्तर योगदान गरिरहेको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend