बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जयवागेश्वरी क्षेत्रमा नवदुर्गा भवानीको जात्रा

जयवागेश्वरी क्षेत्रमा नवदुर्गा भवानीको जात्रा

28
Shares
28
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगतले वर्षमा एकपटक आउने नवदुर्गा भवानीको जात्रालाई सक्दो सहज र भव्य बनाउने पहल गरिरहेको बताएका छन् ।

शनिबार वडामा भएको जात्राको क्रममा उनले काठमाडौं महानगरपालिका वडा नम्बर ८ को कार्यालयले जात्रालाई सहयोग र समर्थन गरिरहेको भन्दै यसको पुरै जिम्मेवारी भने जयवागेश्वरी युवा क्लबले गरिरहेको बताए ।

उनले भने, ‘भक्तपुरबाट जयवागेश्वरी पशुपति क्षेत्रमा ल्याउने यो नवदुर्गा भवानीको जात्रा वर्षमा एकपटक मात्र यहाँ आउने गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ को कार्यालयले यसलाई सहयोग र समर्थन गरिरहेको अवस्था छ । त्यसैगरि यसको पूरै जिम्मेवारी र यसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर हेर्ने काम जयवागेश्वरी युवा क्लबले गरिरहेको छ । देवगणहरुलाई जति सक्दो सहज तरिकाले र जात्रालाई भव्य तरिकाले अगाडि बढाउनको लागि पहल गरिरहेका छौ ।’

यस्तै, उनले वडा भित्र हुने जात्रा भएको हुनाले यसलाई व्यवस्थापन गर्ने दायित्व वडाको भएपनि यो जात्रा सहज बनाउन सबैको पहल आवश्यक रहेको बताए ।

उनले भने, ‘यो जात्रा हाम्रो वडा भित्र हुने भएको हुनाले यसलाई व्यवस्थापन गर्ने हाम्रो दायित्व छदै छ योसँगै यो जात्रा सबैको हो र यसलाई सबैले सहज बनाउन सबैले पहल गर्नुपर्छ । सबैले आफ्नो धर्मलाई जोगाउने र आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । यसरी मात्र हामीले यसलाई जीवित राख्न सक्छौ ।’

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend