काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतायुक्त एक सय रुपैयाँ दरको बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ ।
बैंकले आज जारी गरेको सार्वजनिक सूचना अनुसार आजैदेखि नयाँ विशेषता सहितका नोट प्रचलनमा ल्याएको हो ।
नयाँ नोटमा सुरक्षात्मक तथा पहिचानजन्य तत्वहरू थप परिष्कृत गरिएको बैंकले जारी गरेको सुचनामा उल्लेख छ ।
नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । मध्य भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र समावेश गरिएको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend