काठमाडौँ । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई लक्षित गरेर सञ्चालन गरिएको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थपिएको समय आज मध्यरातिदेखि सकिँदैछ।
यसअघि कात्तिक ३० गतेसम्मका लागि तोकिएको दर्ता अवधि नयाँ मतदाताको चाप र सरोकारवालाको आग्रहका आधारमा आयोगले मङ्सिर ५ गतेसम्मका लागि थपेको थियो।
आयोगका अनुसार थपिएको अवधि भित्र करीब सात लाख नयाँ मतदाता नामावलीमा दर्ता भएका छन्। मध्यरातिपछि प्राप्त सबै विवरण संकलन गरी चाँडै सार्वजनिक गरिने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यो संख्या उत्साहजनक रहेको छ। राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनमार्फत दर्ता प्रक्रियालाई सहज बनाएपछि अनलाइन दर्ता गर्नेको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको थियो ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend