बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

अलाम छुटे, तर पीडित गौरीशंकरको घाउ अझै पुरिएको छैन

अलाम छुटे, तर पीडित गौरीशंकरको घाउ अझै पुरिएको छैन

69
Shares
69
Shares

काठमाडौं, संविधानसभा निर्वाचनको पूर्वसन्ध्या, २०६५ चैत २७ गते, रौतहटको राजपुर फरहदवामा भएको कथित बम विस्फोट घटनाले नयाँ मोड लिएको छ। नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलममाथि लागेको इँटाभट्टामा बम विष्फोट गराई मानिसहरूलाई जिउँदै जलाएको आरोप प्रमाणको अभावमा खारेज भएको छ। तर, घटनाबाट बच्न सफल ५३ वर्षीय गौरीशंकर राम चमार अझै पनि त्यो दिनको पीडा बोकेर बाँचिरहेका छन्।

बिहार, भारतको सीतामढीका गौरीशंकर त्यो बेला रौतहटस्थित अफ्ताब आलमकै इँटाभट्टामा काम गर्थे। उनले बताएअनुसार, बम बनाउने क्रममा विस्फोट हुँदा उनी गम्भीर घाइते भए। “दुवै कान उडे, अनुहार, घाँटी र छातीमा गहिरो चोट लाग्यो,” उनले आँखा रसाउँदै काठमाडौंमा सञ्चारकर्मीहरूसँग सुनाए।

विस्फोटपछि आफू कसरी भारत पुर्‍याइए भन्ने उनलाई थाहा छैन। होस खुलेपछि उनी सीतामढीको अस्पतालमा थिए, जहाँ झन्डै तीन महिना उपचार गराइयो। “साढे ३ लाख भारतीय रुपैयाँ खर्च भयो,” उनले बताए। यति ठूलो दुर्घटनापछि पनि अफ्ताब आलमले कुनै चासो नदिएको भन्दै उनले दुख व्यक्त गरे। “एक पैसा दिएनन्, सोध्न पनि आएनन्,” उनको भनाइ छ।

उच्च अदालत वीरगन्जको हालैको फैसलामा आलममाथि लागेका आरोपहरू पुष्टि नहुने ठहर गर्दै सफाइ दिइएको छ। तर पीडित गौरीशंकर भने न्यायका लागि अझै भौतारिइरहेका छन्। “बम पड्किएको हो, मलाई लागेको हो, अरु मान्छे मरेको हो, म जान्दिन, तर मलाई लागेको छ,” उनले स्पष्ट रुपमा भने।

‘बाँचें, तर बाँचु जस्तो छैन’
गौरीशंकरको जीवन अहिले पूर्ण रुपमा बदलिएको छ। उनले काम गर्न सक्दैनन्, शारीरिक अवस्था कमजोर छ, र मानसिक रूपमा निरन्तर डरको चपेटामा छन्। “अफ्ताब आलमका मान्छेले आमालाई भने– तिम्रो छोरा त अब दुई/चार वर्षमै मर्छ,” भन्दै धम्की दिएको आरोप पनि उनले लगाएका छन्।

उनको अनुसार घटनापछि केही गाउँलेहरू पनि घाइते भए, तर उनीहरूको अवस्था अहिले थाहा छैन। अफ्ताब आलमले विस्फोट गराएको भन्ने ठोस प्रमाण दिन नसक्ने भए पनि घटना उनकै घरमा भएको उनले दाबी गरे।

“अब म मर्ने कि बाँचेको, केही थाहा छैन,” उनले रुँदै सुनाए, “सरकारले यस्तो मान्छेलाई नछोडोस्, कडा सजाय दिओस्।”

यो घटनाले फेरि एकपटक प्रश्न उठाउँछ—जब प्रमाण छैन, तर पीडित छन्; न्याय कसरी सुनिश्चित गर्ने?

  • प्रतिक्रिया दिनुहोस

    अर्जुन प्रधान का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend