बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

नासियाले १४ सल्लाहकार नियुक्त गर्दै संगठन सुदृढीकरणमा जोड

नासियाले १४ सल्लाहकार नियुक्त गर्दै संगठन सुदृढीकरणमा जोड

44
Shares
44
Shares

अटलान्टा, अमेरिका — दक्षिणपुर्वी अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको अधिकार, हित र सांस्कृतिक संरक्षणका लागि सक्रिय नेपालीज एसोसिएसन इन साउथईस्ट अमेरिका (नासिया) ले २०२५–२०२७ कार्यकालका लागि नयाँ सल्लाहकारहरूको नियुक्ति गरेको छ । संस्थाले नेपाल र अमेरिकाका विभिन्न राज्यबाट गरी १४ जना अनुभवी व्यक्तित्वहरूलाई सल्लाहकारमा समावेश गरेको जनाएको छ ।

नासियाकी अध्यक्ष विद्या गुरुङले जारी गरेको विज्ञप्तिमा सल्लाहकारहरूको अनुभव, दक्षता र दृष्टिकोण संस्थाको लागि मार्गदर्शन भूमिकामा रहने बताइएकाे छ। “नवनियुक्त सल्लाहकारहरूको सहभागिताले नासियाको कार्यदिशा थप प्रभावकारी र परिणाममुखी बन्नेछ,” विज्ञप्तिमा उद्धृत छ।

संस्थाले दक्षिणपुर्वी क्षेत्रका नेपाली भाषीलाई एकीकृत गर्ने, आपसी सहयोग अभिवृद्धि गर्ने र सामुदायिक नेतृत्व विकासमा नयाँ ऊर्जा थप्न सल्लाहकारहरूको भुमिका महत्वपुर्ण हुने विश्वास व्यक्त गरेको छ ।

नासियाको कार्यकारी समितिले सल्लाहकारहरूको योगदानले संस्थामा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै सबै प्रति धन्यवाद व्यक्त गरेको छ।

नवनियुक्त सल्लाहकारहरूको सुची (२०२५–२०२७)
डा. नरकाजी गुरुङ (अलाबामा)
डा. ज्ञानेन्द्र गदाल (कोलोराडो)
भविन्द्र बस्नेत (जर्जिया)
डा. शिव गौतम (फ्लोरिडा)
देवी डेविड आचार्य (टेक्सास)
श्रीजना खतिवडा (जर्जिया)
सतीश गुप्ता (साउथ क्यारोलाइना)
गजेन्द्र अर्याल (भर्जिनिया)
तारा गुरुङ (क्यालिफोर्निया)
अशोक गुरुङ (वाशिङ्टन राज्य)
प्रा. डा. उत्तम गौली (म्यारिल्याण्ड)
मनोज राई (नर्थ क्यारोलाइना)
प्रा. डा. कुसुमाकर न्यौपाने (नेपाल)
प्रा. डा. होमबहादुर बस्नेत (नेपाल)

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend