काठमाडौँ — सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामा २६ वर्षदेखि समर्पित जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले ‘जिनियस पत्रकारिता अवार्ड २०८२’ प्राप्त गरेका छन् ।
नेपाल प्रहरी क्लबमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले बगालेलाई सम्मानपत्र र स्मृतिचिन्ह प्रदान गरे। उनले बगालेको सत्यनिष्ठ पत्रकारिता र समाजप्रतिको योगदानको प्रशंसा गर्दै नेपाली सञ्चारको अन्तर्राष्ट्रिय पहिचानमा उनको भूमिका उल्लेखनीय रहेको बताए।
सम्मान ग्रहणपछि बगालेले पत्रकारितालाई “समाज परिवर्तनको अभियान” भन्दै अझ निष्ठा र जिम्मेवारीका साथ कार्य जारी राख्ने प्रतिबद्धता जनाए।
बगाले हाल जनसवाल राष्ट्रिय दैनिक, जनसवाल टेलिभिजन र जनसवाल डट कमका अध्यक्ष तथा सम्पादक हुन्। उनले विश्वका ८३ देशमा स्थलगत रिपोर्टिङ गर्दै प्रवासी नेपालीका हकहित र नेपालको पहिचान प्रवर्द्धनमा योगदान दिएका छन्।
आयोजकका अनुसार यो पुरस्कार बगालेको दीर्घ, निष्ठावान् र प्रेरणादायी पत्रकारिता यात्राको उच्च सम्मान हो।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend