बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अभिनेता गोविन्दा स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना

अभिनेता गोविन्दा स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना

62
Shares
62
Shares

बुम्बइ । बलिउड अभिनेता गोविन्दालाई स्वास्थ्यमा समस्या आएपछि मङ्गलवार राति मुम्बईको जुहुस्थित क्रिटीकेयर अस्पतालमा भर्ना गरिएको छ। उनका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलका अनुसार उनी साँझ करिब साढे आठ बजे बेहोस भएका थिए ।

डाक्टरको सल्लाहपछि राति एक बजे अस्पताल लगिएका गोविन्दाको अवस्था अहिले स्थिर रहेको बताइन्छ । अस्पतालका डाक्टर दीपक नामजोशीले उनी हाल चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्यमा सुधार देखिएको बताएका छन् ।

गोविन्दाको विभिन्न स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्ट आएपछि थप उपचार तय गरिने जनाइएको छ। चिकित्सकले अहिलेको अवस्थाको बारेमा चिन्ता लिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend