काठमाडौं । नेपाली कांग्रेसका नेता र पुर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयुमा उपचाररत आलमको गएराति २ः५८ बजे मृत्यु भएको हो ।
६३ वर्षीय आलमलाई मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट रिहा भएपछि उनलाई ब्रेन स्ट्रोक भएको थियो र माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा उपचार गरिएको थियो।
आलमको शव अन्त्येष्टिका लागि गृहजिल्ला रौतहट लगिएको बताइएको छ ।
२०६४ सालको निर्वाचनको तयारीका क्रममा बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि लागेको थियो। जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको सजाय सुनाएको थियो तर पछि उच्च अदालत वीरगञ्जले सो मुद्दामा आलमलाई सफाइ दिएको थियो।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend