टोकियो, जापान । जापानको राजधानी टोकियो नजिकै रहेको हाचिओजीमा अध्यागमन नियम विपरीत काम गरेको आरोपमा १५ जना नेपाली नागरिकहरू पक्राउ परेका छन्।
जापान प्रहरी र टोकियो अध्यागमनको विशेष टोलीले नेपालीहरू कार्यरत एक कम्पनीमा अहिलेसम्मकै ठूलो छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्राप्त जानकारी अनुसार, पक्राउ पर्ने नेपालीहरूमध्ये अधिकांश ‘कुक विशेष दक्षता’ भिसामा रहेका थिए तर उनीहरूले भिसाले तोकेको भन्दा बाहिर फ्याक्ट्री उद्योगमा काम गरिरहेका थिए।
बुधबार बिहान कार्यालय समय सुरु हुने बित्तिकै छापा मारेर उनीहरूलाई पक्राउ गरिएको विशेष समाचार स्रोतले जनाएको छ। पक्राउ परेकामध्ये केहीको परिचय खुले पनि यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend