लन्डन । नेपाल रन युकेद्वारा आयोजित ‘नर्थल्ट १०के रन’ आइतबार लन्डनको नर्थल्ट फील्ड्स पार्कमा भव्य रूपमा सम्पन्न भयो । यस दौडमा करिब ५०० नेपाली धावकले सहभागिता जनाएका थिए ।
कार्यक्रमको उद्देश्य हेल्थ नेपाल र जुम्लास्थित उच्च उचाइ प्रशिक्षण शिविरलाई सहयोग पुर्याउने रहेको थियो । दौडको सुरुवात गोरखाली सेनाका पाइपर प्रताप गुरुङको पाइपर धुन र कोच आत्माराम दाहालको शंखध्वनिबाट गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि स्थानीय सांसद जेम्स मरे र नेपाल दुतावासका उपमुख्य प्रतिनिधि विपिन दवाडी रहेका थिए ।
सबै विजेताहरूलाई ट्रफी, र सहभागीहरूलाई टिसर्ट तथा पदक प्रदान गरियो। नेपालमै बनेका ट्रफी र टिसर्टले नेपालीपन झल्काएका थिए ।
मुख्य विजेताहरू:
पुरुष प्रथम: इलियास अहमद — ३४ मिनेट १ सेकेन्ड
महिला प्रथम: फ्रान्सेस्का बुटी — ४० मिनेट २ सेकेन्ड
भेट्रान (४०–४९) पुरुष: सेलीमेन्ट बर्थेट — ३७ मिनेट ४९ सेकेन्ड
भेट्रान (४०–४९) महिला: मनीषा लिम्बु — ४९ मिनेट २५ सेकेन्ड
भेट्रान (५०–५९) पुरुष: लक्ष्मण गुरुङ — ३९ मिनेट २३ सेकेन्ड
भेट्रान (५०–५९) महिला: रेबेका क्नाइट — ४६ मिनेट ५८ सेकेन्ड
सुपर भेट्रान (६०+) महिला: जेनिफर हडसन — ५५ मिनेट १५ सेकेन्ड
नेपाल रन क्लब (पुरुष): शिव गुरुङ — ४२ मिनेट ५० सेकेन्ड
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend