बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

तीन सागरको वायु र चक्रवातको प्रभावले नेपालमा वर्षा

तीन सागरको वायु र चक्रवातको प्रभावले नेपालमा वर्षा

187
Shares
187
Shares

काठमाडौं, नेपालमा हाल भइरहेको वर्षा र चिसोको कारण तीन सागरबाट आएका वायु र बादल हुन्। भारतको मुम्बई नजिक अरब सागरमा बनेको न्यूनचापीय प्रणाली, भुमध्य सागरबाट आएको पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको संयुक्त प्रभावले देशभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसमविद्हरूका अनुसार हाल नेपालमा मुख्य प्रभाव मोन्था चक्रवातको छ। यसमा अरब सागर र पश्चिमी वायुको आर्द्रता मिसिँदा वर्षा र चिसो बढेको हो। मोन्था चक्रवात भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेपछि कमजोर भए पनि त्यसले समुद्री हावा नेपालतर्फ धकेलेको बताइन्छ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकबहादुर क्षेत्रीका अनुसार उक्त चक्रवातले पश्चिमी सुक्खा वायुलाई जलवाष्पयुक्त बनाउँदै नेपालभर आर्द्रता थपिदिएको हो।

मौसमविद्हरूका अनुसार मोन्थाको असर शनिबारसम्म रहनेछ। शुक्रबार बागमती, मधेश र कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पुर्वानुमान छ भने अन्य स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend