बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

भाषणका क्रममा ढलेका जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

भाषणका क्रममा ढलेका जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

53
Shares
53
Shares

बुटवल/भैरहवा: नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको अचानक निधन भएको छ। उनी बिहीबार रुपन्देहीको भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालयअगाडि आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला अकस्मात् ढलेका थिए।

६५ वर्षीय गौतमलाई तत्कालै उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो, तर उपचारकै क्रममा उनको निधन भएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले पुष्टि गरेका छन्।

बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरका स्थायी बासिन्दा गौतम लामो समयदेखि ट्रेड युनियन आन्दोलनमा सक्रिय थिए। उनी वि.सं. २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न रहेका थिए। उनका श्रीमती र दुई छोरा छन्।

उद्योगको लाइन काटिएको विरोधमा धर्ना:
उपाध्यक्ष गौतमले सम्बोधन गरिरहेको धर्ना कार्यक्रम विद्युत् प्राधिकरणले रुपन्देहीका १४ वटा उद्योगको विद्युत् लाइन काटेको विरोधमा मजदुरहरूले आयोजना गरेका थिए।

विद्युत् आपूर्ति बन्द हुँदा ती उद्योगहरूमा कार्यरत करिब १५ हजार मजदुरको रोजगारी धरापमा परेको र उनीहरू पलायन हुने अवस्था आएको भन्दै धर्नामा सहभागी मजदुरहरूले सरकारसँग वार्ताको माध्यमबाट तत्काल निकास खोज्न र मजदुरको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिरहेका थिए। यसै क्रममा मजदुरको पक्षमा आवाज उठाइरहेका वरिष्ठ ट्रेड युनियन नेता गौतमले सम्बोधनका क्रममा नै दुःखद निधन भएको हो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend