बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

१० वर्षपछि जीवन लुइँटेलको रंगमञ्चमा भव्य कमब्याक

१० वर्षपछि जीवन लुइँटेलको रंगमञ्चमा भव्य कमब्याक

77
Shares
77
Shares

काठमाडौँ । अभिनेता जीवन लुइँटेल अब रंगमञ्चमा देखिने भएका छन्। कान्तिपुर थिएटरले साउन १ गतेदेखि मञ्चन गर्न लागेको बहु प्रतीक्षित नाटक ‘शिरिषको फूल’ मा उनी मुख्य पात्र सुयोगवीर को भूमिकामा देखिने भएका हुन्।

साहित्यकार पारिजातको कालजयी उपन्यासमा आधारित यस नाटकमार्फत लुइँटेलले अमेरिका बसाइपछि पहिलो पटक अभिनयमा कमब्याक गर्न लागेका हुन्। नाटकको लेखन र निर्देशन कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरे ले गरिरहेकी छन्।

कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सिईओ प्रकाश पुरीका अनुसार नाटक मञ्चन कै लागि लुइँटेल आगामी साता नेपाल आउँदै छन्। उनले भने, ‘हामीलाई साहित्यमा पकड र अभिनयमा गहिरो अनुभूति भएको उमेर र अनुभवका आभारमा परिपक्व पात्र चाहिएको थियो, त्यसैले उहाँलाई प्रस्ताव गर्‍यौँ “।

नाटकमा प्रमुख पात्र सकम्बरी को भूमिकामा कसले अभिनय गर्ने भन्नेबारे भने हालसम्म खुलाइएको छैन। अब सुयोगवीर पछि ‘शिरीषको फूल’ की मुख्य पात्र सकम्बरीको भुमीकामा को देखिने हो भन्ने जिज्ञासाले सबैको ध्यान खिचेको छ ।

पुरीका अनुसार दर्शकले लामो समयपछि जीवनलाई रंगमञ्चमा देख्दा उत्साहका साथ स्वागत गर्नेछन्। ‘उहाँको कम ब्याकको लागि रङ्गमञ्च एकदम उपयुक्त माध्यम हो,’ उनले बताए।

गत महिना कान्तिपुर थिएटरले रेखा थापाको मुख्य भूमिकामा मञ्चन गरेको नाटक ‘मिरा’ ले चर्चा कमाएको थियो। अब भने ‘शिरिषको फूल’ जीवन लुइँटेलको कम ब्याकसँगै थप चासोको विषय बनेको छ। पछिल्लो समय उनी अमेरिका बसोबास गर्दै आएका छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend