बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

‘होली काउ’ ले जित्यो लन्डन क्षेत्रमा ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड

‘होली काउ’ ले जित्यो लन्डन क्षेत्रमा ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड

44
Shares
44
Shares

लन्डन। विगत झन्डै दुई दशकदेखि लन्डनमा उत्कृष्ट नेपाली तथा इन्डियन खानाका लागि परिचित ‘होली काउ’ समूहद्वारा सञ्चालित एक फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को प्रतिष्ठित अवार्ड जितेको छ ।

आइतबार साँझ रेडिंगमा आयोजित ‘इंग्ल्यान्ड्स बिजनेस अवार्ड्स २०२५’ मा यो पुरस्कारको घोषणा गरिएको हो ।

पुरस्कारको आधार: आयोजकका अनुसार विजेताहरूको छनोट मतदाताहरूले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या र समुदायमा पुर्‍याएको योगदान लगायतका आधारमा गरिएको थियो ।

इङ्गल्यान्डभरका रेस्टुरेन्टहरूबिच भएको यो कडा प्रतिस्पर्द्धामा हजारौँ ग्राहक र समर्थकले आफूलाई मन पर्ने व्यवसायको पक्षमा भोट दिएका थिए ।

नेपाली उद्यमशीलताको गौरव: होली काउ ग्रुपका अध्यक्ष कुल आचार्य ले यो अवार्डले नेपाली उद्यमशीलता र आतिथ्य सत्कारलाई अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गरेको बताएका छन् । यो उपलब्धि नेपाली समुदायको गौरव मात्र नभई गुणस्तरीय सेवा र स्वादका माध्यमबाट बेलायतमा स्थापित नेपाली पहिचानको प्रमाण बनेको उनको भनाइ छ ।

आचार्यले यो सफलताबाट आफूहरू अत्यन्तै उत्साहित भएको बताउँदै यो यात्रामा साथ, स्नेह र भोटद्वारा सहयोग गर्ने सबै मित्र, शुभेच्छुक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद दिएका छन् ।

झन्डै २० वर्षअघि स्थापना भएको होली काउ समूह अन्तर्गतका रेस्टुरेन्ट तथा टेक अवेहरूमा हाल करिब १२० जना कर्मचारीहरू कार्यरत छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend