बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

इजरायल-नेपाल सम्बन्धमा नयाँ उचाइ: १०० भन्दा बढी इजरायली अन्नपुर्ण भ्रमणमा

इजरायल-नेपाल सम्बन्धमा नयाँ उचाइ: १०० भन्दा बढी इजरायली अन्नपुर्ण भ्रमणमा

29
Shares
29
Shares

तेलअविव । नेपाल र इजरायलबीचको मित्रतालाई थप मजबुत बनाउँदै १०० भन्दा बढी इजरायली नागरिकको एक ठुलो समुह सामुहिक पदयात्राका लागि नेपाल प्रस्थान गर्दैछ । यो टोलीले दुई साताको अवधिमा प्रसिद्ध अन्नपुर्ण परिक्रमा गर्नेछ । सन् २०१७ मा तिलिचो ताल भ्रमणबाट २४ जना सहभागी भएर सुरु भएको यो अभियान यस वर्ष आफ्नो आठौँ संस्करणमा पुगेको छ । विश्वका धेरै राष्ट्रहरूले भ्रमणमा रोक लगाइरहेको अवस्थामा हुन लागेको यो यात्राले नेपाल सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने महत्त्वपुर्ण सन्देश विश्वभर फैलाउने विश्वास गरिएको छ।

यस समुहमा युद्धमा घाइते भएका, बन्दी जीवन बिताएका, अपाङ्गता भएका र प्रभावित परिवारका सदस्यहरू समेत सहभागी छन्। सहभागीमध्ये एक जनाले आफ्नो छोरा लडाइँमा गुमाएपछि ‘शान्तिको खोजीमा नेपालको पहाडतिर जाँदै’ गरेको बताएका छन्। त्यस्तै हमासको बन्धकबाट रिहा भएका, क्यान्सरबाट बचेका र खुट्टा गुमाएका व्यक्तिहरू पनि यस यात्रामा संलग्न छन् । उनीहरूलाई सहयोग गर्न फिजियोथेरापिस्ट पनि टोलीसँगै रहनेछन्।

यात्रा र सहयोग व्यवस्थापन
ट्रेकिङ टोलीले दैनिक करिब ५०० मिटर उचाइ चढ्ने योजना बनाएको छ।
केही सदस्यहरू मनाङमा रहेको यहुदी मन्दिर (सिनोगग) मा प्रार्थना र विश्राम गर्नेछन्।
केही सदस्यहरू हेलिकप्टरमार्फत थोरङला भञ्ज्याङ पुग्ने कार्यक्रम छ।
मास्टर हिमालय ले हेलिकप्टरको र सलोम नेपाल ले नेपालमा आवश्यक सहयोग र व्यवस्थापन गर्नेछन्।

तेलअविवमा आयोजित अभिमुखीकरण कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले यस्तो भ्रमणले नेपालमा साहसिक पर्यटनलाई विश्व समुदायमा प्रवर्द्धन गर्ने बताएका छन् । पर्यटन घट्ने अनुमान भइरहेका बेला एकैपटक १०० जनाभन्दा बढी इजरायलीको यो भ्रमणले नेपाल र इजरायलबीचको सांस्कृतिक सम्बन्ध, आपसी मित्रता र मानवीय एकताको सन्देश विश्वभर पुग्ने विश्वास राजदुत पण्डितले व्यक्त गरे। उनले सहभागीहरूलाई स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिन र सफल यात्राका लागि शुभकामना पनि दिए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend