बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

निःशुल्क मोतिया बिन्दु शल्यक्रियाको लागि नेवा भोज सहित सांस्कृतिक कार्यक्रम सम्पन्न

निःशुल्क मोतिया बिन्दु शल्यक्रियाको लागि नेवा भोज सहित सांस्कृतिक कार्यक्रम सम्पन्न

262
Shares
262
Shares

काठमाडौँ । फाइट फर लाइफ नेपाल संस्थाले आज नेपाल सांस्कृतिक संघ, डिल्लीबजारमा बृद्धहरुको लागि निःशुल्क मोतिया बिन्दु शल्यक्रियाको लागि “एक टिकट एक उज्यालो” कार्यक्रमको आयोजना गर्‍यो ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथिमा डा. किशोरराज प्रधान रहनु भएको थियो । कार्यक्रममा फाइट फर लाइफ नेपालकी अध्यक्ष हेमा मानन्धरले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै अतिथिहरूलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा मिस नेवा प्रलिसा शाक्य, नमुना कलेज अफ फेसन टेक्नोलोजीका उपाध्यक्ष जिबेश्वरलाल श्रेष्ठ, कामपा ३१ वडा अध्यक्ष सरोज ढकाल, पुर्व आइजिपी सिंहबहादुर श्रेष्ठ, विभिन्न लायन्स क्लबका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

कानुनविद् प्रवीण प्रधान, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायत दुई सय बढीको उपस्थिति रहेको सो कार्यक्रममा मिस नेवा प्रसिद्धि शाक्यले गणेश नाच, मिस लिटिल नेवा नयना शाक्यले स्केट डान्स, गायक श्याम गलेन्जु लगायतले विभिन्न गीतहरू प्रस्तुत गर्नु भएको थियो ।

मिस नेवा सकिनाले सहजीकरण गर्नु भएको सो कार्यक्रममा नेवारी भोजको आयोजना गरिएको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend