बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

इजरायली बन्धकहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

इजरायली बन्धकहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

119
Shares
119
Shares

काठमाडौं । हमासले गाजामा रहेका ४८ जना इजरायली बन्धकहरूको एक ‘बिदाई तस्वीर’ सार्वजनिक गरेको छ, जसमा विपिन जोशीको पनि तस्बिर रहेको छ। हमासले यस तस्वीरलाई ‘बिदाई’ भनेको छ। तस्वीरमा हरेक बन्धकलाई १९८६ मा पक्राउ परेका इजरायली वायुसेनाका ‘रोन अराद’ भनेर लेखिएको छ र नम्बर पनि दिइएको छ।

तस्वीरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई युद्धविराम र बन्धक सम्झौता अस्वीकार गरेको र आईडीएफका प्रमुखलाई गाजामा आक्रमण गरेको आरोप लगाइएको छ। हमासको विज्ञप्तिमा भनिएको छ, ‘नेतान्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण गाजा शहरमा सैनिक कारबाही सुरु हुँदाको यो बिदाईको तस्बिर हो।’

इजरायली अधिकारीहरूले २० जना बन्धकहरू मात्रै जीवित रहेको र २ जनाको अवस्था गम्भीर रहेको बताएका छन्। बाँकीको मृत्यु भइसकेको बताइएको छ।

हमासले चेतावनी दिँदै भनेको छ, ‘तपाईंका कैदीहरू गाजा शहरमा छरिएका छन्। जबसम्म नेतान्याहूले उनीहरूलाई मार्ने निर्णय गर्दैनन्, हामी उनीहरूको जीवनको बारेमा चिन्तित हुने छैनौं। यो आपराधिक कारबाही र यसको विस्तारको अर्थ तपाईंले कुनै पनि कैदीलाई पाउनुहुने छैन, न त जीवित न मृत, र उनीहरूको भाग्य रोन अरादको जस्तै हुनेछ।’

पहिले भएको युद्धविरामका क्रममा हमासले २० इजरायली नागरिक, ५ सैनिक र ५ थाई नागरिक गरी ३० बन्धकहरूलाई रिहा गरेको थियो। यसको बदलामा इजरायलले २,००० कैदी र बन्दीहरूलाई रिहा गरेको थियो।

यसैबीच, इजरायलले गाजा शहरमा आक्रमणलाई तीव्र पारेको छ। गएराति भएको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। इजरायलले प्यालेस्टिनीहरूलाई उक्त क्षेत्र छोड्न आग्रह गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो आक्रमणले मध्यपूर्वमा द्वन्द्वलाई अझै चर्काएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend