बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

विभिन्न जिल्लामा ‘जेन जी’ को सरकारविरोधी प्रदर्शन

विभिन्न जिल्लामा ‘जेन जी’ को सरकारविरोधी प्रदर्शन

64
Shares
64
Shares

काठमाडौं । राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध युवापुस्ताले थालेको आन्दोलन थप फैलिँदै गएको छ । काठमाडौंमा सोमबारको प्रदर्शनमा प्रहरीले घातक बल प्रयोग गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको घटनापछि देशभर विरोध प्रदर्शन चर्किएको छ ।

सोमबार साँझ पनि कतिपय स्थानमा आक्रोशपुर्ण प्रदर्शन भएका छन् । प्रदर्शनकारीहरूले काठमाडौंमा भएको घटना “हत्या” भएको दाबी गर्दै त्यसको सम्पुर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन् ।

डडेलधुरा जिल्लामा पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहक्षेत्रमा युवाहरूले सोमबार बेलुकी सरकारविरोधी प्रदर्शन गरेका छन् । त्यहाँ उनीहरूले “युवा मार्न पाइँदैन” भन्दै सरकारविरुद्ध तीव्र नारा लगाए । प्रदर्शनकारीहरूले भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध तत्काल फिर्ता, र आन्दोलनमा मारिएका युवाहरूलाई न्याय दिलाउनुपर्ने माग दोहोर्‍याएका थिए ।

सुदुरपश्चिमका अन्य जिल्लासहित तराई र पहाडी क्षेत्रका शहरहरूमा समेत युवाहरू सडकमा उत्रिएका छन् । कतिपय स्थानमा प्रहरीले शान्तिपुर्ण प्रदर्शनलाई तितरबितर गर्न लाठीचार्ज गरेको खबर प्राप्त भएको छ भने कतै प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको पनि जनाइएको छ।

यसैबीच, काठमाडौंमा भएको मृत्युको घटनापछि सर्वसाधारण र नागरिक समाजले सरकारले अनावश्यक बल प्रयोग गरेको भन्दै आलोचना गरिरहेका छन्। उनीहरूले सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend