मेलबर्न (अष्ट्रेलिया) — मेलबर्न नजिकैको क्रेगीबर्न क्षेत्रमा सडक दुर्घटनामा दुई नेपाली नर्सको मृत्यु भएको छ। उनीहरू अलफ्रेड अस्पतालमा काम गर्थे।
साथीसँग जन्मदिन मनाएर घर फर्किँदै गर्दा उनीहरूको कार रोकेर कंगारूलाई बचाउन खोजेका थिए। तर त्यसै बेला पछाडिबाट आएको तीव्र गतिमा सवारीले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटना स्थलमै एक नर्सले ज्यान गुमाइन् भने अर्कीको अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend