बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

केपी ओली र रुसका राष्ट्रपति पुटिनबिच भेटघाट

केपी ओली र रुसका राष्ट्रपति पुटिनबिच भेटघाट

71
Shares
71
Shares

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । चीनको शाङ्घाहीमा भएको एक सम्मेलनमा सहभागी हुन गएका बेलामा यो भेट भएको हो ।

यो प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबिचको पहिलो पटक औपचारिक भेट हो । उनीहरूबिच नेपाल र रुसबिचको सम्बन्ध, भविष्यमा सहकार्य गर्ने विषय तथा आपसी रुचिका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

भेटपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति पुटिनसँग सिधै भेट्न पाएकोमा खुसी व्यक्त गरे । उनले सन् १९५६ देखि नेपाल र रुसबिच सम्बन्ध रहे पनि अहिलेसम्म कुनै पनि रुसी प्रधानमन्त्री वा वरिष्ठ नेता नेपाल आउनु भएको छैन भन्दै खेद प्रकट गरे ।

उनले आफु नै प्रधानमन्त्री रहँदा सन् १९९९ र २००० मा रुसको भ्रमण गरेको समेत उल्लेख गरे ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend