युएई । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न अपराधमा जेलमा सजाय काटिरहेका १२० जना नेपाली कैदीहरूलाई माफी दिएको छ।
नेपाली राजदूतावास अबुधावीले दिएको जानकारी अनुसार, यी सबै नेपालीहरूलाई उनीहरूको बाँकी रहेको जेल सजाय माफ गरिएको छ।
मुस्लिमहरूको महत्त्वपूर्ण चाड अल-अहादको खुशीयालीको अवसरमा यस्तो माफी दिइएको हो। यसअघि पनि यसरी विभिन्न चाडपर्वमा युएई सरकारले कैदीहरूलाई माफी दिंदै आएको छ।
यो खबर नेपालीहरूका लागि राम्रो खबर हो किनभने यसले १२० नेपालीहरूले आफ्नो स्वतन्त्रता फिर्ता पाएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend