बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

नेपथ्य ब्यान्डले डेनमार्कमा गर्‍यो शानदार कन्सर्ट, दर्शकहरू मुग्ध

नेपथ्य ब्यान्डले डेनमार्कमा गर्‍यो शानदार कन्सर्ट, दर्शकहरू मुग्ध

130
Shares
130
Shares

डेनमार्क । नेपाली ब्याण्ड ‘नेपथ्य’ ले डेनमार्कमा आफ्नो कन्सर्ट गरेर दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको छ ।

कन्सर्ट डेन्मार्कको प्रसिद्ध हल ‘पुलेन’मा भएको थियो । कार्यक्रममा केवल डेन्मार्कबाट होइन, फिनल्यान्ड, जर्मनी, नर्वे, स्वीडेन र बेल्जियमबाट पनि दर्शकहरू उपस्थित थिए । नेपथ्यले आफ्नो प्रस्तुति ‘कोशीको पानी’ गीतबाट सुरु गरेको थियो। यो ९ वर्षपछि उनीहरूको डेन्मार्कमा पहिलो कन्सर्ट हो।

कार्यक्रमका क्रममा गायक अमृत गुरुङले नेपालमा स्कुल जान नपाउने बच्चाहरूको सहयोगका लागि दर्शकहरूलाई सहयोग गर्न अनुरोध गरेका थिए । अन्त्यमा ‘रातो र चन्द्रसुर्जे’ गीतसँगै कन्सर्ट समाप्त भयो। नेपथ्यसँगै ड्रम, गितार, मादल र किबोर्ड बजाउने अन्य कलाकारहरू पनि थिए।

डेनमार्कमा सफल कार्यक्रम पछि नेपथ्य टोली माल्टामा पुगेको छ। उनीहरूले अगस्ट २७ मा माल्टाको आटार्ड शहरमा अर्को कन्सर्ट दिने योजना बनाएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend