बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

नेपाली युवाको कुवेतमा आत्महत्या: आठ दिनअघि मात्र पुगेका थिए

नेपाली युवाको कुवेतमा आत्महत्या: आठ दिनअघि मात्र पुगेका थिए

152
Shares
152
Shares

कुवेत । कुवेतमा रोजगारीका लागि पुगेका एक नेपाली युवकले आत्महत्या गरेका छन् ।

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–४ शिवनगरका ३३ वर्षीय हरिबहादुर गौतमले कुवेतको महाबुल्लास्थित २१० नम्बर फ्लाइओभरबाट ३० नम्बर मुख्य सडकमा हाम फालेर ज्यान दिएका हुन्।

घटनाबारे प्राप्त जानकारी अनुसार गौतम फ्लाइओभरमा पुगेपछि आफूसँग रहेका लुगा खोलेर तल सडकमा हाम फालेका थिए। हाम फालेलगत्तै सडकमा गुडिरहेका गाडीले समेत उनलाई किचेको बताइएको छ।

गौतम ८ दिनअघि मात्र सवारी चालकको काम गर्न कुवेत पुगेका थिए। तर कुवेत पुगेको पहिलो दिनदेखि नै उनको व्यवहार अस्वाभाविक देखिएको उनका साथीहरूले बताएका छन्। मानसिक अवस्था ठीक नभएको प्रारम्भिक अनुमान गरिएको छ।

यस घटनाबारे स्थानीय प्रशासन र कुवेत प्रहरी अनुसन्धान गरिरहेको जनाइएको छ ।

कुवेतस्थित नेपाली दुतावासले उक्त घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई जानकारी गराइसकेको जनाएको छ। साथै, कम्पनीसँग समन्वय गरेर शव नेपाल पठाउने प्रक्रिया सुरु भइसकेको दूतावासले बताएको छ।

दुतावासका अनुसार हाल कुवेतमा रहेका नेपालीबीच आत्महत्या, सडक दुर्घटना, अवैध मदिरा सेवन, लागुऔषधको प्रयोग तथा ओसारपसारजस्ता घटनाहरू बढ्दै गएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend