काठमाडौं – सरकारले अब सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नजोडे पनि कारबाही नगर्ने निर्णय गरेको छ।
पहिलेको निर्णयअनुसार असोज १ देखि सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य थियो। तर व्यापक विरोध भएपछि विभागले अहिले तत्काल जरिवाना नलाग्ने जानकारी दिएको हो ।
साथै, प्लेट नेपालीमा मात्र लेख्नुपर्छ भन्ने अफवाह गलत हो। सर्वोच्च अदालतले अंग्रेजी लिपी प्रयोग कानुनी मान्य हुने निर्णय गरेको छ।
विभागले सबैलाई आग्रह गरेको छ, आफुलाई अनुकूल समयमा सवारी दर्ता कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न ।
इम्बोस्ड नम्बर प्लेटले सवारीको विवरण सजिलै व्यवस्थापन गर्न, ट्राफिक नियमन र चोरी जस्ता समस्या नियन्त्रण गर्न मद्दत पुग्नेछ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend