बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सुर्यदर्शन सहकारी प्रकरणः पुर्वअध्यक्ष बम्जन १० लाख धरौटीमा रिहा

सुर्यदर्शन सहकारी प्रकरणः पुर्वअध्यक्ष बम्जन १० लाख धरौटीमा रिहा

171
Shares
171
Shares

पोखरा । पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन १० लाख धरौटीमा छुटेका छन्। जिल्ला अदालत कास्कीले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

पक्राउ पुर्जी जारी भएपछि फरार रहेका बम्जन आइतबार अदालतमा उपस्थित भई बयान दिएका थिए। उनले धरौटी बुझाएपछि रिहा भएका हुन्। बम्जन सहकारी ठगीका मुख्य योजनाकार जीतेन्द्रबाबु राई (जीबी) का जेठान हुन्। तर जीबी राई अझै फरार छन्।

यो प्रकरणमा ३१ जनामाथि ठगी, १९ जनामाथि संगठित अपराध र ५ जनामाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ। बम्जनले १ करोड ५४ लाखभन्दा बढी रकम दुरुपयोग गरेको अभियोगपत्रमा उल्लेख भए पनि उनले आफू निर्दोष भएको दाबी गरेका छन्।

यसअघि सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पनि धरौटीमा छुटेका थिए।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend