काठमाडौं । नक्कली शैक्षिक सर्टिफिकेट प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेललाई पार्टीले निलम्बन गरेको छ।
बागमती प्रदेश प्रशिक्षण विभाग संयोजकको जिम्मेवारी सम्हालिरहेका कँडेलमाथि पक्राउ परेपछि पार्टीले तात्कालिक कारबाही गर्दै निलम्बन गरेको हो । रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पत्र पठाउँदै सो निर्णयको जानकारी दिएका छन्।
कँडेलमाथि नक्कली सर्टिफिकेट प्रयोग गरी पद र जिम्मेवारी सम्हालिएको आरोप लागेको थियो। यसै घटनाक्रमपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
रास्वपाले हाललाई उनीमाथि लागेका आरोपबारे अनुसन्धान जारी रहेको उल्लेख गर्दै, पार्टीको छवि र विश्वसनीयतामा प्रश्न उठ्न नदिन अनुशासनात्मक कारबाही गरिएको बताएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend